लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी ढकाललाई

हिमाल प्रेस २६ कार्तिक २०८१ ८:१३
14
SHARES
लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी ढकाललाई

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन्।

मुख्यमन्त्री आचार्यले आफू नफर्किदा सम्मका लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री आचार्यले आइतबारदेखि लागु हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका हुन्।

मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल सोमबार चिनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रस्थान गर्दैछन्।

नोभेम्बर ११ देखी ३० अर्थात कात्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदैछ। यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटर्वार्ता हुनेछ।

प्रकाशित: २६ कार्तिक २०८१ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast