पद र तह अनुसारको तलब नहुँदा शिक्षक-कर्मचारी झन् पीडामा : महासंघ

हिमाल प्रेस २४ कार्तिक २०८१ १७:५४
2.2k
SHARES
पद र तह अनुसारको तलब नहुँदा शिक्षक-कर्मचारी झन् पीडामा : महासंघ

काठमाडौँ- नेपाल शिक्षक महासंघले सबै अस्थायी प्रकृतिका शिक्षक वर्षौंदेखि राज्यबाट चरम अन्यायमा परेको बताएको छ।

विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकका पीडाहरू झन् भयावह रहेको बताउँदै कात्तिक १३ गते काठमाडौँमा गरेको अन्तर्क्रियाको आधारपत्र जारी गर्दै महासंघले भनेको छ,‘विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको दरबन्दी छैन। पद र तह अनुसारको तलब प्रबन्ध छैन। उनीहरू राज्यबाट चरम श्रमशोषणमा परेका छन्।’

उक्त पत्रमा महासंघले राहत, साविक उमावि, करार, शिक्षण सिकाइ अनुदान, प्रविधिक धार, विशेष शिक्षालगायतका सबै अस्थायी प्रकृतिका शिक्षक वर्षौंदेखि राज्यबाट चरम अन्यायमा परेको उल्लेख गरेको छ।

महासंघले अब विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको लागि स्वीकृत दरबन्दीको व्यवस्था गरी तह अनुसार पूरा तलबभत्ता दिने तथा स्थायित्वको प्रकृयामा लैजाने काम अविलम्ब गर्नुपर्ने बताएको छ।

त्यस्तै अस्थायी प्रकृतिका सबै शिक्षकलाई महासंघसँग भएको सहमति बमोजिम शिक्षक सेवा आयोगबाट स्थायी गर्नुपर्ने माग महासंघको छ।

प्रकाशित: २४ कार्तिक २०८१ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast