मानव तस्करीमा संलग्न होस् वा सहकारी हिनामिनामा संलग्न दुवैलाई कारबाही हुनुपर्छ : गगन थापा

हिमाल प्रेस २४ कार्तिक २०८१ १४:००
26
SHARES
मानव तस्करीमा संलग्न होस् वा सहकारी हिनामिनामा संलग्न दुवैलाई कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपराधिक कार्यमा संलग्न जोकोहीलाई पनि कारबाही हुनुपर्ने बताएका छन्।

आज गणेशमान सिंहको जन्म जयन्तीको श्रद्धासुमन व्यक्त गर्दै थापाले मानव तस्करीमा संलग्न होस् वा सहकारी हिनामिनामा संलग्न दुवैलाई कारबाही हुनुपर्ने बताएका हुन्। सामाजिक सञ्जालमा लेख्दै उनले विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा नभई निष्पक्षताका आधारमा कारबाही हुनेमा आफू विश्वस्त रहेको बताए।

‘म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन।’ उनले आफूले गणेशमान सिंहबाट सिकेको विचार पनि यही रहेको व्यक्त गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८१ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast