पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड [फोटो फिचर]

विजय नेपाल २४ कार्तिक २०८१ ११:३७
2
SHARE
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड [फोटो फिचर]

पोखरा- पोखरामा शनिबार बिहान तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ सुरु भएको छ।

फेवाताल किनार वाराहीघाटमा आयोजित समारोहमा संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले उक्त दौडको संयुक्तरुपमा उद्घाटन गरे।

नेपाल र चीनका खेलाडीले भाग लिएको उक्त दौड विभिन्न ४ इभेन्टमा हुँदैछ। जसमा चीनका ६४ जना धावकसहित विभिन्न इभेन्टमा गरी करिब १२ सय जनाले भाग लिएका छन्।

प्रतियोगितामा टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन विधामा दौड भएको आयोजक हिमालयन टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले बताए।

५० किमीको टिम समूहमा दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्छ। १७ नेपाली र ४ वटा चिनियाँ गरी २१ वटा टिम दर्ता भएका छन्। जसमा ६३ जना खेलाडीले भाग लिएका छन्।

च्यालेन्ज इन्डिभिजुअल दौड ५० किलोमिटरकै रहेको छ। ट्रेलमा २३८८ मिटरको कुल उचाइ पार गर्नुपर्ने हुन्छ।

यस दौडमा १ सय जना नेपाली र ५२ जना चिनियाँ खेलाडीले भाग लिएका छन्। विद्यार्थी दौड ५ किमी र ह्याप्पी रन २ किमीको दूरी तय गरिएको छ।

हृयाप्पी रनमा प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अन्य अतिथिको समेतले भाग लिएका छन्। दौड अवसरमा शुक्रबार बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोत सम्बन्धी फोटो प्रदर्शनी भएको छ।

दौडका लागि बिहीबार १ सय ३४ सदस्यीय चिनियाँ टोली लिएर चीनको कुनमिङबाट सिचुवान एयरलायन्सको न्यारोबडी एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast