चितवनमा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

हिमाल प्रेस २३ कार्तिक २०८१ ११:०१
60
SHARES
चितवनमा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा आज बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारीसाधन (ईभी माइक्रोबस) र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २३ कार्तिक २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast