उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

हिमाल प्रेस २३ कार्तिक २०८१ १०:२७
14
SHARES
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, सांगठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।

निर्वाचन आयोगले मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ।

पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८१ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast