नारायणगढ-मुग्लिन सडकमा दुर्घटना, चारको मृत्यु, छजना घाइते

हिमाल प्रेस २३ कार्तिक २०८१ ७:०७
90
SHARES
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना, चारको मृत्यु, छजना घाइते

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारीसाधन (ईभी) र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा ईभीमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुर्घटनामा अन्य छजना घाइते भएका छन्। घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रकाशित: २३ कार्तिक २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast