छठको दोस्रो दिन गरियो खरना

हिमाल प्रेस २१ कार्तिक २०८१ २०:४५
18
SHARES
छठको दोस्रो दिन गरियो खरना छठ पर्वका लागि सजाइएको जनकपुरधामस्थित गंगासागर पोखरी। तस्बिर : हिमालप्रेस

काठमाडौँ– छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा बुधबार सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ ब्रतालुले प्रसादस्वरुप खाएका छन्।

छठ पर्वको दोस्रो दिन आज खरना गरी नुन नखाई एक छाक फलाहार गरिन्छ। कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेपछि छठको मुख्य व्रत विधि सुरु हुन्छ। यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि रहेको छ। यो पर्वको मुख्य दिन बिहीबार परेको छ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ।

छठ पर्वका लागि तराई मधेशका जलायश झकिझकाउ बनाइएको छ। राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।

छठका वर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि शुद्ध भएर बस्ने गर्छन् । केही ब्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्टअर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन्।

प्रकाशित: २१ कार्तिक २०८१ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast