संयुक्त राष्ट्रसंघका पूर्वकर्मचारी नेपालमा बाल यौन दुराचारको मुद्दामा दोषी ठहर

हिमाल प्रेस २१ कार्तिक २०८१ १७:२५
24
SHARES
संयुक्त राष्ट्रसंघका पूर्वकर्मचारी नेपालमा बाल यौन दुराचारको मुद्दामा दोषी ठहर सर्वोच्च अदालत

काठमाडौँ- सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्ववरिष्ठ कर्मचारी पिटर जोन ड्यागिल्सलाई बाल यौन दुराचारको मुद्दामा दोषी ठहर गरेको छ। सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उनलाई दोषी ठहर गर्दै आठ वर्ष कैद सुनाएको हो।

‘उनलाई जिल्ला अदालत काभ्रेपलान्चोक र उच्च अदालतले यसअघि नै दोषी ठहर गरी नौ वर्ष कैद सजाय सुनाएको थियो,’ उनले हिमालप्रेससँग भने, ‘सर्वोच्चले उक्त आदेश सदर गर्दै कैद सजाय भने एक वर्ष कैद घटाएर आठ वर्षको सुनाएको छ।’

दोषी ठहर भएका उनी क्यानेडियन नागरिक हुन्।

प्रकाशित: २१ कार्तिक २०८१ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast