पोखरा महानगरले करारका कर्मचारी हटाउने निर्णय गरेपछि विराेधमा उत्रिए एमालेबाट निर्वाचित जनप्रतिनिधि

हिमाल प्रेस २० कार्तिक २०८१ १३:३२
18
SHARES
पोखरा महानगरले करारका कर्मचारी हटाउने निर्णय गरेपछि विराेधमा उत्रिए एमालेबाट निर्वाचित जनप्रतिनिधि एमालेबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिधि धर्ना बस्दै । तस्बिर - एकराज गिरी

पाेखरा-  पाेखरा महानगरपालिका, नगरकार्यपालिकाकाे ३७ ओैं बैठकले महानगरमा कार्यरत करार कर्मचारी हटाउने निर्णयकाे विराेध भएकाे छ। एमालेबाट निर्वाचित जनप्रतिनिधिले पाेखरा न्यूराेडस्थित महानगर कार्यालयअगाडि मंगलबार धर्ना दिएका छन्। बिहान ११ देखि १२ बजे धर्ना दिने क्रममा नगर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियाे। जसमा एक जना सई सन्तबहादुर केसी घाइते भएका छन्।

कार्यपालिकाकाे ३६ ओैं बैठककाे निर्णय विपरीत ३७ ओै बैठकले कार्तिकपछि लागू हुने गरि नियमानुसार कात्तिकसम्मको पारिश्रमिक र चाडपर्व खर्चसमेत दिएर २८ करार कर्मचारी हटाउने निर्णय गरेको थियाे। तीमध्ये १० जना इन्जिनियर र १८ जना सबइन्जिनियर हुन्। ५ जना शिक्षिका र २ जना सामाजिक परिचालिका गरी ७ जना कर्मचारीको हकमा भने पुससम्मकाे समय दिएर कार्यालय सहयोगीको जिम्मा दिने निर्णय गरिएको थियाे। कार्यालय सहयोगीको पदमा काम गर्न राजी नभए यहि कात्तिक मसान्तबाटै अवकास दिनेसमेत महानगरले निर्णय गरेको छ।

बिहीबारकाे ३७ औ कार्यपालिका बैठकको एजेन्डा र प्रस्तावित बैठकका विषयमा एमालेतर्फबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने सम्पूर्ण सदस्यहरुको असहमति जनाउँदै बहिष्कार गरेकाे थिए। तर एमालेकाे उपस्थितिबिनै तिहारकाे बिदा पारेर कार्यपालिका बैठक बसेर कर्मचारी हटाउने निर्णय भएकाे हाे। कार्यपालिकाको बैठकका निर्णयप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सडक प्रदर्शन थालेेकाे छ।

एमालेबाट कार्यपालिकामा उपप्रमुख मञ्जुदेवी गुरूङसहित ९ वटा वडाका वडाध्यक्षहरू र अन्य ८ जनाकाे प्रतिनिधित्व छ। पाेखरा महानगरपालिका बनिसकेपछि दाेस्राे कार्यकालका लागि २०७९ काे स्थानीय तह निर्वाचनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयर निर्वाचित छन्। यहाँकाे कार्यपालिका ४३ सदस्यीय छ।

क्षेत्रफल आधारमा देशै सबैभन्दा ठूलाे पोखरा महानगरमा ३ सय ६१ जनाको संघीय दरबन्दी रहेकाेमा स्वास्थ्य महाशाखाबाहेकमा मात्र ७ सय ४७ जना कर्मचारी कार्यरत छन्। २ सय १ जना करार सेवामा कर्मचारी छन्। उनीहरू स्वास्थ्य सेवाबाहेकका हुन्। २ वर्ष अघि मेयर आचार्य आफैं निर्वाचित भएर आइसकेपछि करिब ३५ जना कर्मचारी करारमा नियुक्त गरिसकेका छन्।

प्रकाशित: २० कार्तिक २०८१ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast