भिनिसियसको ह्याट्रिक, रियलको जित

हिमाल प्रेस २५ कार्तिक २०८१ ६:३९ | Sunday, November 10, 2024
भिनिसियसको ह्याट्रिक, रियलको जित

काठमाडौँ- स्पेनिस ला लिगामा ओसासुनामाथि रियल मड्रिडले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा रियलले ओसासुनामाथि ४-० को फराकिलो जित हात पारेको हो।

रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा जुडे बेलिघमले एक गोल गरे। खेलको पहिलो हाफमा २ गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

खेलको ३४ औँ मिनेटमा भिनिसियसको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ४२ औँ मिनेटमा जुडको गोलमा रियलले अग्रता दोब्बर पारेको थियो।

तर खेलको ६१ र ६९ औँ मिनेटमा भिनिसियसले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। गएराति भएको अर्को खेलमा भिल्लारियलले डिपोर्टिभ अलाभेसलाई ३-० ले हराएको छ।

प्रकाशित: २५ कार्तिक २०८१ ६:३९ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast