पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

हिमाल प्रेस ३० कार्तिक २०८१ ७:२४ | Friday, November 15, 2024
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा- रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ।

रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, कालिका मावि र सहिद बहुमुखी क्याम्पसमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरिएको हो।

रामतुलसी नमूना माविमा दुई लाख २२ हजार दुई सय २२, सहिद बहुमुखी क्याम्पसमा एक लाख ११ हजार एक सय ११, सीताराम माविमा एक लाख ११ हजार एक सय ११ र कालिका माविमा एक लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गरिएको हो।

गत असोज २४ गते २६ वर्षको उमेरमा हृदयाघातका कारण झमनको निधन भएको हो। उनका बुबा नरबहादुर र आमा यमकुमारी थापाले आफ्नो एकमात्र सन्तानले अध्ययन गरेको शैक्षिक संस्था तथा अन्य विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।

प्रकाशित: ३० कार्तिक २०८१ ७:२४ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast