समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा, भारतसँग भिड्ने

हिमाल प्रेस ८ कार्तिक २०८१ १९:३३
52
SHARES
समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा, भारतसँग भिड्ने

काठमाडौँ- नेपाल समूह विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज (बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर,  अस्मिता कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे। सविताले ८ औँ, सावित्राले १२ औँ, रेखाले १३ र ३६औँ, अस्मिताले ४७ औँ र रश्मीले ९४ औँ मिनेटमा गोल गरे। नेपाल पहिलो हाफमै ४–० ले अगाडि थियो। दोस्रो हाफमा नेपालले थप २ गोल गरेको हो।

नेपालले अब समूह ‘ए’को उपविजेता भारतसँग खेल्नेछ। यस्तै समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

भुटानले बिहीबार नै भएको खेलमा माल्दिभ्समाथि १३-० को फराकिलो जित निकालेको थियो। नेपाल र भुटानको समान अंक भए पनि गोलअन्तरका आधारमा नेपाल समूह विजेता बनेको हो।

प्रकाशित: ८ कार्तिक २०८१ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast