
अछाम- अछाम अझै पनि रमणीय स्थल र सुन्दर दृश्यले भरिपूर्ण छ। यहाँका अधिकांश मानिसहरू कृषि पेसामा संलग्न छन्। धेरै स्थानीय गोठाले जीवनमा छन्। उच्च हिमाली क्षेत्रमा साना टहरा/गोठ बनाएर भैंसी,गाई ,गोरु,बाख्रा भेडा,च्याङ्ग्राहरू पालेर कुरेर बसेका हुन्छ्न्।
रामारोशन गाउँपालिका-६ को खर्कमा बुद्धीबहादुर विक त्यस्तै एक गोठाले हुन्। उनले बाख्रा, भैंसी र भेडा पालेर दुई नाति र नातिनी पढाएको सुनाए। जङ्गलको बीचको गोठमा बस्ने उनको साथी भने आकाश छ। आकाश चाहिँ उनको कुकुरको नाम हो।
घर बाट करिब पाँच घन्टा टाढाको जङ्गलमा उनको खाना पनि उस्तै हुने रहेछ। गाउँबाट पोको पारेर ल्याएको मकैको पिठोको रोटी,कहिले भैंसीको दूधमा चामल हालेर खिर पकाउने र खाने गरेको उनले सुनाए। घरमा छोरा, बुहार, छोरी, बुहारी नाति नातिना गरेर ११ जना सदस्य पाल्न यसैको भर भएको पनि उनले बताए।
उनको गोठबाट केहीमाथि हिमाली भेगको रमणीय खर्क पुगियो। त्यहाँ उनीहरूले भनेअनुसार करिब ११ सय भेडाहरू थिए। त्यस भेडी खर्कमा पुष्पे र खड्केको अगाडि अन्य गोठालाहरूको खासै जोर चल्दैन। यहि कारण यी दुई गोठालाका अगाडि अरुलाई असहज देखियो।
कोही भेडाहरू टाउको माथि धेरै रौँ भएका र झुप्रे खालको हुन्छ्न् भने केही भेडाहरू मुडुले खालका। यहाँका खर्कमा गोठालाहरूको नाइके चुन्ने चलन रहेछ।
नाइके हुन पाउने लोभमा कयौं गोठालाहरूले अरुको भेडालाई पनि हरियो घाँस दिएर फकाउने भेडी गोठका श्यामबहादुर बोहोरा बताउँछन्। भेडाहरू सँगै हरियाली बनजङ्गल प्रकृतिकसँगको माया अजम्बरी नाता रहेको बताउँदै श्यामका साथी खड्के र गोविन्देले भने- अब त यो लेकका फाँटबाट एक पल पनि छुट्न सकिँदैन होला।’
गाउँ घर गए पनि आमाबुबा दाजुभाइ दिदीबहिनी साथमै जन्म भएर ताते,बामे सर्दै हुर्किए पनि भेडाहरू र गोठाले साथीहरू जति, भेडाहरू जति साथी कोही प्यारो नलाग्ने खड्के बताउँछन्। जति बुढेसकाल लाग्दै गयो, उमेरले नेटो काट्दै गयो, गोठालो भएको पनि २२ वर्ष पुग्यो तर यो हिमालको काखमा रहेर छानाहरू लगाएर भैंसी, गाई, गोरु, बाख्रा पालेर हुर्किएपछि साथी,आमाबुबा यही हिमालको काख नै भएको जस्तो लाग्ने श्याम बताउँछन्।
गोठालाहरूले भेडाको नाम पनि अचम्मकै राखेका रहेछन्। एउटाको नाम बेदामे थियो ऊ भेडाहरूको नाइकेको रूपमा चिनिन्छ। त्यसपछिको लापत्ता।