यस वर्षको दसैँमा नयाँ नोट सटही नहुने

हिमाल प्रेस २० भदौ २०८१ १०:१३
10
SHARES
यस वर्षको दसैँमा नयाँ नोट सटही नहुने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले यस बर्षको दसैँमा नयाँ नोट वितरण नगर्ने भएको हो। पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बैंकले जनाएको छ।

दसैँतिहारका लागि ५, १० २०, ५०, १०० र ५०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा पुरानै नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलका अनुसार विगतका वर्षमा जस्तो यसै वर्षको दसैँमा नयाँ नोट सटही हुँदैन्।

उनका अनुसार दशैंमा नोट दिँदा एक पल्ट ठूलो मात्रामा नोट वितरण हुने र त्यो नोट फर्केर पनि नआउने अवस्था रहेको उनले बताए। ‘अबदेखि नियमित प्रक्रियाबाट मात्र नोट छाप्ने र बजारमा पठाइन्छ। राष्ट्र बैंकले यसरी नोट सटही गर्ने सुविधाको अन्त्य गर्न लागेको हो।’ उनले भने।

दसैँलाई मात्र केन्द्रित गरेर नयाँ नोट बाड्दा त्यो नोट छाप्ने खर्च, ढुवानी र वितरणमा वार्षिक करिब १ अर्ब रुपैयाँ भन्दा बढी खर्च भइरहेको उनको भनाइ छ।

साना दरका खुद्रा नोटहरू दसैँका बेला बजारमा जाने भए पनि त्यो पैसा नियमित प्रक्रियाबाट पर्याप्त मात्रामा कसरी पुर्‍याउन सकिन्छ भनेर राष्ट्र बैंकले अध्ययन भइरहेको बैंकले जनाएको छ।

प्रकाशित: २० भदौ २०८१ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =