तीजलाई भड्किलो नबनाऔँ : लुम्बिनी मुख्यमन्त्री

हिमाल प्रेस १९ भदौ २०८१ २१:१९
8
SHARES
तीजलाई भड्किलो नबनाऔँ : लुम्बिनी मुख्यमन्त्री

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरूलाई असर गर्ने गरी विकृति भित्रिन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय तीज पर्वमा भित्रिन खोजेको विकृति विसंगति रोक्ने जिम्मेवारी सबैको भएको समेत बताएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा तीज पर्वको अवसरमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तव्य बताएका छन्।

मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भित्रिन खोजेको विकृति विसंगतिलाई रोक्ने गरी पर्व मनाउन आग्रह गरेका छन्। ‘तीजलाई भड्किलो बनाउन खोजिएको छ। विकृतिले घेर्न थालेको छ,’ उनले भने, ‘भड्किलो तीजलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो।’

शुभकामना आदानप्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिव लगायत कर्मचारीहरूको सहभागिता थियो। हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशित: १९ भदौ २०८१ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =