भारतको वैष्णोदेवी मार्गमा पहिरो, दुई जनाको मृत्यु

हिमाल प्रेस १७ भदौ २०८१ १८:१३
12
SHARES
भारतको वैष्णोदेवी मार्गमा पहिरो, दुई जनाको मृत्यु तस्बिर स्रोतः एनएनआई

काठमाडौँ- जम्मु–कश्मीरको वैष्णोदेवी यात्रा मार्गमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

सोमबार सो मार्गमा पहिरो गएको हो। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै कटराका एसडीएम पियुष धोत्राले भने, ‘यहाँ पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन्। घाइतेलाई अस्पताल ल्याइएको छ। यात्रा भने जारी छ।’

प्रकाशित: १७ भदौ २०८१ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =