राष्ट्रसंघको महासभामा आरजुले भनिन् : जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ

हिमाल प्रेस ११ असोज २०८१ ९:०६ | Friday, September 27, 2024
राष्ट्रसंघको महासभामा आरजुले भनिन् : जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ फाइल तस्बिर।

अमेरिका- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन्।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन्।

उनले भनिन्,‘हामीहरूको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरूको सामना गर्नु परिरहेको छ,यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो।’

जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको भनाइ थियो। अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरूको क्षयीकरण बढिरहेको बताउँदै उनले यसलाई सम्बोधन गरेर मानवीय संकट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औंल्याइन्। रासस

प्रकाशित: ११ असोज २०८१ ९:०६ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast