भारतीय विदेश सचिव मिश्री नेपालको औपचारिक भ्रमणमा आउने

हिमाल प्रेस २५ साउन २०८१ २०:४४
32
SHARES
भारतीय विदेश सचिव मिश्री नेपालको औपचारिक भ्रमणमा आउने

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आउन लागेका मिश्री साउन २७ र २८ गते नेपालको औपचारिक भ्रमण गर्नेछन्।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मिश्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने जनाएको छ।

‘भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ।’

द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ साउन २०८१ २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =