धुलिखेल अस्पतालको नवनिर्मित वार्ड भवनको उद्घाटन

हिमाल प्रेस २३ साउन २०८१ २१:२८
10
SHARES
धुलिखेल अस्पतालको नवनिर्मित वार्ड भवनको उद्घाटन

काठमाडौँ- भारतको सहयोगमा निर्माण भएको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन भएको छ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण भएको वार्ड भवनको बुधबार भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका हुन्।

४.२६ करोड नेपाली रूपैयाँ अनुदान सहयोगमा अस्पताललाई आवश्यक पर्ने अन्य सुविधानसँगै वार्ड भवनको निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको दूतावासको भनाइ छ।

नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरीय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्त गर्ने विश्वास लिइएको छ।

अस्पतालको वार्ड भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए।

प्रकाशित: २३ साउन २०८१ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =