दुई साताको बीचमा दुई हवाई दुर्घटना, २२ जनाको ज्यान गयो

काठमाडौँ- पछिल्लो दुई सातामा नेपालमा दुई ठूला हवाई दुर्घटना भएका छन्। दुई दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ। साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेका सौर्य एयरलाइन्सको सीआरजे सेभेन विमान दुर्घटना हुँदा १८ जना मृत्यु भएको थियो। यसैगरी बुधबार नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको नाइन एनएजेडी हेलिकप्टर दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।