त्रियुगा क्षेत्रमा सर्पदंश बढ्यो

हिमाल प्रेस २९ साउन २०८१ १६:०४ | Tuesday, August 13, 2024
त्रियुगा क्षेत्रमा सर्पदंश बढ्यो सांकेतिक तस्बिर।

उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ। नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा सर्पको बिगबिगी बढेको स्थानीयवासी बताउँछन्।

करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएको नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रले जनाएको छ।

हाल त्रियुगा नगरक्षेत्रमा दैनिक पाँच देखि छ जनासम्म सर्पदंशका बिरामी उपचार केन्द्र भुल्केमा उपचारका लागि आउने गरेको उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पबित्रा गिरीले बताउनुभयो। अधिकांश सर्पदंशका बिरामीहरु त्रियुगा नगरपालिका क्षेत्रबाट आउने गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ।

सर्पदंशका बिरामीहरु मध्ये धेरैजसो रातिको समयमा खेतमा पानी लगाउन जाने र घरवरपर काम गर्ने, गोठमा साँझ बिहान काम गर्ने भएको स्थानीय ज्ञानबहादुर बस्नेतले बताए। साउनको पहिलो सातादेखि तेस्रो सातासम्ममा एक सय ५० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको र उनीहरु निको भएर घर फर्किएको सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिए।

प्रकाशित: २९ साउन २०८१ १६:०४ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast