‘कंगारु’ को मुख्य भूमिकामा स्वस्तिमा

हिमाल प्रेस ३ भदौ २०८१ १५:२८ | Monday, August 19, 2024
‘कंगारु’ को मुख्य भूमिकामा स्वस्तिमा

काठमाडौँ- फिल्म ‘कंगारु’ को मुख्य भूमिकामा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो ।

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन्। राजिव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बनेको छ।

कागजी सम्झौता गरेसँग स्वस्तिमाले यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साही भएको बताएकी छन्। यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए।

मुख्य अभिनेत्री फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिने उनको भनाइ छ।

फिल्म ‘कङ्गारु’ मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ। ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं। यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने।

यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सनको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबि’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा छन्।

फिल्मको सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन्। फिल्मको लाइन प्रोड्युसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहेका छन्। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ।

फिल्ममा सीमा गुरुङको कथा रहेका छ। फिल्मका छायाकार सुशन प्रजापति हुन्। फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन्।

प्रकाशित: ३ भदौ २०८१ १५:२८ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast