ललितपुरको सुन्दरीघाटमा डुबानमा परेकाहरूलाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लैजाँदै सशस्त्र प्रहरी।
काठमाडौँ- अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बस्तीमा बाढी पसेको छ। बाढीका कारण सर्वसाधारण प्रभावित बनेका छन्।
बाढीबाट प्रभावित सर्वसाधारणको ठाउँठाउँबाट उद्धार भइरहेको छ। काठमाडौँको कीर्तिपुर नगरपालिका १० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले उद्दार गरेको हो।
अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५:०० सो गणबाट फौज परिचालन गरिएको थियो। उनीहरूलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको
डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १६ साउन २०८१ ९:१६ | Wednesday, July 31, 2024
प्रतिक्रिया




