बल्खु पुलमुनि पुरुषको शव फेला

हिमाल प्रेस १६ साउन २०८१ ९:०६ | Wednesday, July 31, 2024
बल्खु पुलमुनि पुरुषको शव फेला सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको बल्खु पुलमुनि एकजना पुरुषको शव फेला परेको छ। बुधबार बिहान अन्दाजी ७:२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनि एकजनाको शव फेला परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ। बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले बताए। उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ। मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्।

प्रकाशित: १६ साउन २०८१ ९:०६ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast