यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

दार्चुला- दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीया मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको उनले जनाए।