सबै जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम

हिमाल प्रेस ९ असार २०८१ १५:३८ | Sunday, June 23, 2024
सबै जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम वामदेव गौतम। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने दाबी गरे।

उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए।

उनले भने, ‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ। मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरेँ। जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन। अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन।’

उनले थपे, ‘अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ। रुसमा पनि त्यो लागू भएको छ। चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन। भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो। मुख्य उत्पादनको साधन हो। त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन।’

उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: ९ असार २०८१ १५:३८ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast