नेकपा एसको महाधिवेशन अब असारमा

हिमाल प्रेस ५ वैशाख २०८१ २१:४७ | Wednesday, April 17, 2024
नेकपा एसको महाधिवेशन अब असारमा फाइल तस्बिर

काठमाडौँ-  नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज (बुधबार) सम्पन्न सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो।

नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो।

प्रकाशित: ५ वैशाख २०८१ २१:४७ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast