डढेलोमा परेर बाबुछोरीको मृत्यु

हिमाल प्रेस ८ चैत २०८० ९:१९ | Thursday, March 21, 2024
डढेलोमा परेर बाबुछोरीको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- कालीकोटको खाडाचक्र-५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबुछोरीको मृत्यु भएको छ।

स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारको क्रममा मृत्यु भएको हो।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए। जलेर गम्भीर घाइते भएका दुवैजनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

जलेर गम्भिर घाइते भएका बाबुछोरीलाई हेलिकोप्टर मार्फत सुर्खेत लगिएको थियो। चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन् ।

प्रकाशित: ८ चैत २०८० ९:१९ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast