पोस्टरमा ‘उपहार’

हिमाल प्रेस १ माघ २०८० १२:३९ | Monday, January 15, 2024
पोस्टरमा ‘उपहार’

काठमाडौँ- फागुन २५ मा प्रदर्शन हुने फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा साेमबार निर्माण टिमले  फिल्मकाे एकसाथ ४ पोस्टर सार्वजनिक गरेका हुन्।

फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी र नव कलाकार समर्पण जंग कार्की मुख्य भूमिकामा छन्। सहायक भूमिकामा किरण नेपाली, राजाराम पौडेल, निर्मल शर्मा, अंशु महर्जन, सुश्मा कार्कीलगायत कलाकारको अभिनय छ।

‘अब त हामी खाडी मै भेटौला’ भन्ने  स्लाेगनसहितकाे पोस्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ। चिया घरलाई पृष्ठभूमिमा राखेर पहिलो पोस्टरमा रेखा थापालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ। फोटो फ्रेमभित्र ह्वीलचियरमा बसेका मुकुन भुसाललाई दुई हातले समाइरहेकी पनि छन्। पूजा शर्मा खुसी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजिरहेको देखिन्छ।

दोस्रोमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल बेहुला बेहुली बनेका छन्। जहाँ मुकुन र रेखाको जोडी तथा समर्पण र पूजाको जोडी पनि अटाएका छन्। त्यस्तै तेस्रोमा मुकुनलाई ह्वील चियरमा देखाइँदा रेखा कालो चस्मामा छिन्। भने अन्य कलाकार पूजा र बेनिशासहित शिशिर, किरण, राजाराम र निर्मल शर्मा पनि देखिएका छन्। चौथोमा मुकुन, रेखा, पूजा र बेनिशा खुसी देखिन्छन्।

 

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको कथा सुलक्षण भारतीले लेखेका छन्। भने अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ। रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता रेखा थापा हुन्।

विष्णु कल्पित घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत छ।

सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन्।यसअघि फिल्मका दुई गीत ‘वाह! वाह!! वाह!!!’ र ‘मुटुको चार आना’ सार्वजनिक भइसकेको छ।

फागुन २५ मै नवल खड्का निर्देशित ‘काँडेतार’ र दयाहाङ राई अभिनीत ‘रङ्गेली’ प्रदर्शन भिड्दैछन्।

प्रकाशित: १ माघ २०८० १२:३९ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast