पोखरा– पोखरामा सुमेरु सेक्युरिटिज प्रालिले शाखा विस्तार गरेको छ। काठमाडौंमा प्रधान कार्यालय रहेको कम्पनीले यसअघि झापामा शाखा खोलेको थियो। पोखरा सिर्जनाचोकस्थित शाखा कार्यालयको पूर्व उद्योगमन्त्री समेत रहेका एमालेका युवा नेता महेश बस्नेतले उद्घाटन गरे। उनले आर्थिरुपमा बलियो भए नेपाली परनिर्भर हुनुपर्ने उनको धारणा थियो।
उनले नेपालको अर्थतन्त्र घटिरहेको बेला योखालको कार्यालयले टेवा मिल्ने बताए। उनले परामर्शसहित सेवा दिने सुमेरुले सबैको मन जितेको उनको भनाइ थियो। विगतको तुलनामा अहिले सेयर कारोबार गर्न गर्न लायक भएकोले ब्रोकर भन्न रुचाउने गरेको बताए।
पोखराका पुराना सेयर कारोबारकर्मी मेघनाथ कुँवरले आफ्नो स्तरअनुसार सेयर कारोबार गर्नुपर्ने सुझाव दिए। चरक मेमोरियल हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले पोखरामा ब्रोकर कम्पनी विस्तार गरेकोमा सुमेरुको सफलताको कामना गरे।
उनले काठमाडौंपछि पोखरा ठूलो सहर भएको उल्लेख गर्दै यहाँ आर्थिक गतिविधि पनि फस्टाउने बताए। सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेमकुमार अग्रवालले ५१ लाखबाट कम्पनी सुरु गरेको बताए। उनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रोशन पौडेलले गरेका थिए। कम्पनीको ब्रोकर नम्बर ३९ हो।