मुद्दा मिलाई दिन्छु भन्दै झण्डै एक करोड ठगी गरेको आरोपमा दुई जना पक्राउ

हिमाल प्रेस २६ मंसिर २०८० १९:४२
14
SHARES
मुद्दा मिलाई दिन्छु भन्दै झण्डै एक करोड ठगी गरेको आरोपमा दुई जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन्।

आपराधिक विश्वासघात र संगठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निजहरुमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २६ मंसिर २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast