४ महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ

हिमाल प्रेस १८ मंसिर २०८० ९:२६
2
SHARE
४ महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ सांकेतिक तस्बिर।

रसुवा- चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ रुपैयाँ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।

चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारीसाधनमार्फत काठमाडौँतर्फ लानेक्रममा प्रहरीले बरामद गरेको उनले बताए।

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्। प्रहरीले गत वर्ष पनि एक करोड ५१ लाख ५६ हजार दुई सय ३० रुपैयाँ बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो।

यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेस गरेको छ। यसरी पेस भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध छन्।

प्रकाशित: १८ मंसिर २०८० ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast