काठमाडौँ– खोटाङ र तेह्रथुमका छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा किचेर दुईजनाको मृत्यु भएको छ। शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का ५४ वर्षीय धनबहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किचेको थियो।
रुखले किच्दा घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। त्यसैगरी, खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का ६३ वर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: १० मंसिर २०८० १३:०७
प्रतिक्रिया