हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जना धरौटीमा रिहा

हिमाल प्रेस २५ असोज २०८० १०:०९
6
SHARES
हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जना धरौटीमा रिहा

काठमाडौँ- हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बुधबार जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो। अदालतको आदेश अनुसार बुधबार नै उनीहरू धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो। अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ, रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही २ लाख रुपैयाँले धरौटी माग गरेको थियो।

गत भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई हातपात गरेका थिए । सोही घटनामा संलग्न भएको भन्दै ४ जनालाई भदौ २९ गते प्रहरीले पक्राउ गरेको थियो भने अन्य २ जनालाई फरक फरक समयमा पक्राउ गरेको थियो ।

प्रकाशित: २५ असोज २०८० १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast