७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान

हिमाल प्रेस २४ असोज २०८० ७:२०
4
SHARES
७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान

काठमाडौँ- न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधबार (आज) एक सूचना प्रकाशित गर्दै नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि विज्ञापन माग गरेको हो ।

ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भन्दै २०८० आषाढ मसान्तसम्म निजामती सेवा ऐन र नियमावलीबमोजिम योग्यता पुगेका सम्भाव्य उम्मेदवारहरूले दरखास्त दिन सक्ने आयोगले जनाएको छ।

सूचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सय को रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन भनिएको छ।

 

प्रकाशित: २४ असोज २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast