प्रधानमन्त्रीलाई इजरायलमा फसेका विद्यार्थीको पत्र : हामीलाई भरखरै देश फर्किन मन छ

हिमाल प्रेस २२ असोज २०८० १२:११
80
SHARES
प्रधानमन्त्रीलाई इजरायलमा फसेका विद्यार्थीको पत्र : हामीलाई भरखरै देश फर्किन मन छ

काठमाडौँ- इजरायलमा रहेका नेपाली विद्यार्थीले प्रधानमन्त्रीलाई पत्र लेखेका छन्। कास्कीका सुरज भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै उद्धारको पहल गरिदिन आग्रह गरेका छन्। आफूहरू जतिसक्दो चाँडो स्वदेश फर्किन चाहेको उल्लेख गर्दै उनले लेखेको पत्रले सबैलाई भावुक बनाउँछ।

यस्तो छ उनको पत्र 

श्रीमान् प्रधानमन्त्री ज्यु                                                                                                                                                                                                                      मिति :- २०८०/०६/२७
नेपाल सरकार
              
कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिनै लागेका विध्यार्थीहरू (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौं। ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गैराखेको छ । हाम्रो आत्माबल घट्दै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामी, आज मिसाइल र फाइटर प्लेन देख्नुपरेको छ ।  तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफ्नै अगाडि बन्दुक पडि्कराखेको देखेर त्रसित छौं। बंकरमा लुक्यो भन्ने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ । हाम्रा सुदूरपश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाति चिरिएको छ। हामी स्तब्ध छौँ, हमलामा परियो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरू खाना र पानीको समस्यामा जुध्नुपरेको छ। नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर शौचालय जान डर लाग्छ ।

आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन ।  हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ। आदरणिय प्रधान‌मन्त्री ज्यु, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् हामी देशमा नै रमाउने छौँ।
हामी नेपालको ‘३’ विश्वविध्यालयबाट यहाँ छौ । १) कृषि तथा वन विज्ञान विश्वविध्यालय २) त्रिभुवन विश्वविध्यालय  ३) सुदुरपश्चिम विश्वविध्यालय
सँगै यहा अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहनेछ यो हाम्रो तपाईँप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।

(युद्धको चपेटामा परेको नेपाली)  सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविध्यालय
(हाल ठेगाना)
– Kadesh Barnea, Israel
+972512825166
(नेपाली ठेगना)
– अन्नपुर्ण गा.पा – २, कास्की)

प्रकाशित: २२ असोज २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast