भेप सुन प्रकरण : महरालाई लियो सीआईबीले बयान

हिमाल प्रेस १७ असोज २०८० ८:१४
4
SHARES
भेप सुन प्रकरण : महरालाई लियो सीआईबीले बयान फाइल तस्बिर

काठमाडौँ- सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ।

भेपमार्फत् सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार पूर्वसभामुख महराको बयान लिएको हो।

महराका छोरा राहुल महरा साउन १३ गतेदेखि थुनामा छन्।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग महरा बाबु छोराको सम्पर्क देखिएको थियो। सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क रहेको बताइएको छ।

प्रकाशित: १७ असोज २०८० ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast