गलत बयान दिनेविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

हिमाल प्रेस १४ असोज २०८० २१:३९
24
SHARES
गलत बयान दिनेविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरि लामाविरुद्ध आज (आइतबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिवादी योगेन्द्र ढुंगेलविरुद्धको मुद्दामा सरकारी साक्षीको रूपमा रहेका लामाले गलत वकपत्र गरेको पाइएपछि आयोगले १ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। त्यस्तै आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँका नायबसुब्बा प्रमोद पाण्डे प्रतिवादी रहेको एक भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गलत बयान दिएको पाइएपछि आयोगले दैलेख नौमुले गाउँपालिकाका देवबहादुर थापा विरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

विशेष अदालतमा रहेको मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका थापाले गलत बयान दिएको आयोगको आरोप छ। आरोपीलाई कैद र ३० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए। रासस

प्रकाशित: १४ असोज २०८० २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast