यस्तो छ आजको मौसम

हिमाल प्रेस ५ असोज २०८० ६:४३
14
SHARES
यस्तो छ आजको मौसम फाइल तस्बिर।

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा हावाहुरी चल्नेछ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। साथै झारखण्ड आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

प्रकाशित: ५ असोज २०८० ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast