काठमाडौँ- कल्याण विनायकको १६ औँ वार्षिकोत्सवको अवसर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा विकास श्रेष्ठ र सपुत गौचनको जोडी पहिलो भएको छ। हेल्दी फ्रेन्डस क्लबको आयोजनामा काठमाडौँ-१६ शोभाभगवती मार्ग भएको प्रतियोगितामा हाजी इसरा मुल्ला मियाँ र नवीन केसीको जोडि दोस्रो भएको छ।
कार्यक्रमको प्रमुख वक्ताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्याल थिए।
अर्यालले स्वास्थ्यको आधार खेलकुद भएको । खेलकै माध्यमबाट राष्ट्रलाई अगाडि बढाउन सकिने बताए। उनले मुलुकमा खेल पर्यटनको प्रचुर सम्भावना भएको उल्लेख गरे।
प्रतियोगिता भदौ २० गतेदेखि असोज २ गते सम्म गरिएको थियो।
प्रकाशित: ३ असोज २०८० ११:०७
प्रतिक्रिया