काठमाडौँ- हिन्दु धर्मावलम्बी महिलाले आज ऋषि पञ्चमी पर्व मनाउँदै छन्।
विगतका वर्षमा सरकारले ऋषि पञ्चमी पर्वमा बिदा दिने गरेपनि यो वर्ष भने बिदा कटौती गरेको छ।
यस्तै काठमाडौँ महानगरपालिकाले महिला कर्मचारीलाई ऋषि पञ्चमी पर्वको बिदा नरहेको प्रष्ट पारेको छ।
महानगरले आफ्नो भित्ते पात्रोमा ऋषि पञ्चमीमा महिला कर्मचारीहरूलाई बिदा दिने उल्लेख गरेको थियो। तर, महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना जारी गर्दै आज महिला कर्मचारीलाई बिदा नरहेको जानकारी गराएकी छन्।
प्रकाशित: २ असोज २०८० ८:५१
प्रतिक्रिया