प्रदर्शनरत फिल्म ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने

हिमाल प्रेस ८ असोज २०८० १३:२३ | Monday, September 25, 2023
प्रदर्शनरत फिल्म ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्मको दोस्रो भाग बनाउने घोषणा गरेका छन्। राजनीतिक विषयवस्तुमा आधारित फिल्मको कथावस्तु जहाँनिर टुङ्गिएको छ, त्यहीबाट अर्को भागलाई निरन्तरता दिने निर्देशक लामाले बताएका छन्।

फिल्मको पहिलो भागमा नै दोस्रो भाग बनाउने योजना रहेको उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत खुलाएका छन्। उनले लेखेका छन् ‘अहिले कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा कथाको मध्यान्तर थियो। लेख्दै जाँदा पाँच घण्टाको फिल्म बन्ने देखिएपछि कथालाई दुई भागमा ब्रेक गरिएको हो।’

फिल्मको अन्त्यमा जरी लामा (शिशिर वाङ्देल) सँग चुनाव हारेका पासाङ (दयाहाङ राई) गाउँ छोडेर सहर गएको देखाइएको छ। ‘नाङ्गो गाउँ २’मा पासाङ गाउँ फर्केर जरीविरुद्ध संघर्ष गर्नेछ र आफ्नो हारको प्रतिशोध लिने लामाको भनाइ छ। फिल्मको दोस्रो भागको छायांकन एक वर्षपछि हुनेछ।

प्रकाशित: ८ असोज २०८० १३:२३ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast