त्रिशूली बस दुर्घटनाका घाइतेको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- त्रिशूली बस दुर्घटनाका घाइतेको उद्धारकार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न गृह प्रशासनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति समवेदना प्रदान  गरेका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको छ। आज बिहान भएको दुर्घटनाको उद्धार कार्य जारी छ।