भैरहवाबाट काठमाडौँ ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्दै निगम

हिमाल प्रेस १० भदौ २०८० १८:२७ | Sunday, August 27, 2023
भैरहवाबाट काठमाडौँ ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्दै निगम फाइल तस्बिर।

काठमाडौँ– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर उडान गर्ने भएको छ।

भदौ १२ गतेदेखि एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्ने भएको छ।

सुरुवातमा हरेक मंगलबार यसरी उडान हुने एयरलाइन्सले उल्लेख गरेको छ। नेपाल एयरलाइन्सले सार्वजनिक गरेको उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँ अवतरण गर्नेछ।

त्यसपछि यात्रुहरू हङकङ र दिल्ली उडानमा नेपाल एयरलाइन्सकै ‘कनेक्टिङ फ्लाइट’मा चढ्नेछन्। ‘चेक इन’ गर्दाको बखत नै गन्तव्यसम्मकै बोडिङ पास दिइने र लगेज सिधै गन्तव्यमै लिने व्यवस्था मिलाइएको नेपाल एयरलाइन्सले जानकारी गराएको छ।

प्रकाशित: १० भदौ २०८० १८:२७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast