विदेश जान विमानस्थलमा : कागजात एउटा देश जाने, भिसा अर्कै देशको

हिमाल प्रेस २८ असार २०८० १७:२५ | Thursday, July 13, 2023
विदेश जान विमानस्थलमा : कागजात एउटा देश जाने, भिसा अर्कै देशको

काठमाडाैँ- कागजात शंकास्पद लागेपछि कुवेतलगायत मुलुक जान लागेका १ सय ५६ जनालाई विमानस्थलबाट फर्काइएको छ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कागजात दुरुस्त नभएपछि शंका लागेकाे भन्दै तीन दिनमा १ सय ५६ जनालाई विमानस्थलबाट फर्काएकाे हाे।

विमानस्थल कार्यालयले साेमबार ३७ जना, बुधबार १ सय १ जना र बिहीबार १८ जना गरी १ सय ५६ जनालाई फर्काइएकाे जानकारी दिएकाे छ।

कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकालले उनीहरूको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर दूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेस गरिएको तर भिसा अर्कै देशको पाइएकाले फर्काइएकाे बताए।

‘यी कागजातहरू सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शंकास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्रै निर्क्याैल हुनेछ,’ उनले भने।

यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि विमानस्थलबाट फर्काइएकाे थियाे। उनीहरूको विषयमा अझै पनि केही निर्णय भएकाे छैन।

प्रकाशित: २८ असार २०८० १७:२५ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast