कल्पतरुको शतांक समारोहमा बस्ताकोटी सम्मानित

हिमाल प्रेस २६ जेठ २०८० १२:३४
24
SHARES
कल्पतरुको शतांक समारोहमा बस्ताकोटी सम्मानित

काठमाडौँ– कल्पतरु साहित्यिक पत्रिकाको शतांक प्रकाशित भएको खुसियालीमा साहित्य सदन, रामहिटीमा एक साहित्यिक समारोहको आयोजना गरी साहित्यिक व्यक्तित्वहरूलाई सम्मान र पुस्तक विमोचन गरिएको छ।

कार्यक्रममा ३ दशकदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका प्रवासमा नेपाली साहित्यको उत्थानमा क्रियाशील डा. ऋषि बस्ताकोटीलाई कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान-२०७९ प्रदान गरियो।

यसैगरी कल्पतरु पत्रिकामा वर्षभरि प्रकाशित रचनामध्येबाट साहित्यकार भोजराज रेग्मी ‘मुखाले’ लाई कल्पतरु वर्ष स्रष्टा पुरस्कार-२०७९ प्रदान गरियो। कार्यक्रममा सम्मानित व्यक्तित्व डा. ऋषि बस्ताकोटीबारे डा. हिमलाल श्रेष्ठले प्रकाश पारेका थिए भने रहित सैंजुले साहित्यकार भोजराज रेग्मी ‘मुखाले’को परिचय दिए।

कल्पतरु शतांक समारोहमा कल्पतरुको १०० औं अंक र साहित्यकार तथा कल्पतरुका प्रधान सम्पादक तथा प्रकाशक नवराज पुडासैनी ‘ज्योत्स्ना’को मुक्तक संग्रह ‘उन्मुक्त ज्योत्स्ना’को लोकार्पण पनि गरियो।

कल्पतरु को शतांक यात्राबारे विनोद नेपालले र ‘उन्मुक्त ज्योत्स्ना’ कृतिबारे प्रा. कपिल अज्ञातले टिप्पणी गरे।

नवराज पुडासैनी ‘ज्योत्स्ना’को सभापतित्व र वरिष्ट साहित्यकार कञ्चन पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार साहित्यिक पत्रकार नगेन्द्र शर्मा, रोचक घिमिरे, मोहन दुवाल, विजय चालिसे, वियोगी बुढाथोकी,नवराज रिजाल, निशा केसी, गोविन्द घिमिरे वेदमणि, गोकुल अधिकारी, मुकुन्द अर्याललगायत सय बढी साहित्यकार र साहित्य अनुरागी उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =