बिर्तामोड नगर अस्पताल स्तरोन्‍नतिका लागि भवन निर्माण गरिँदै

हिमाल प्रेस २६ जेठ २०८० ७:३६
8
SHARES
बिर्तामोड नगर अस्पताल स्तरोन्‍नतिका लागि भवन निर्माण गरिँदै

झापा– झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ। बिहीबार एक कार्यक्रमका बीच मेयर पवित्रा महतारा प्रसाईंले भवन शिलान्यास गरेकी हुन्।

हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतले नयाँ भवन बनाउन लागिएको हो।

भवन समयमै निर्माण गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए। १५ करोड ३४ हजार रुपैयाँ लागतमा बन्न लागेको सो भवन निर्माणको जिम्मा विभाष इन्टरनेशनल कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि काठमाडौँले लिएको छ।

भवन २०८१ फागुनभित्र निर्माण गरिसक्नुपर्ने छ। भवन निर्माणपछि बिर्तामोड नगर अस्पताल १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति हुनेछ।

नगरपालिकाका इञ्जीनियर नरेन्द्र श्रेष्ठका अनुसार यहाँ यसअघि ५ करोड ५० लाख रुपैयाँ लागतमा १५ शय्याको भवन निर्माण गरिएको थियो। नगर अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन्। यहाँबाट दैनिक २ सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =