बजेटमाथि छलफलका लागि आज पनि बस्दैछ प्रतिनिधिसभा बैठक

हिमाल प्रेस २६ जेठ २०८० ७:०८
4
SHARES
बजेटमाथि छलफलका लागि आज पनि बस्दैछ प्रतिनिधिसभा बैठक फाइल तस्बिर।

काठमाडौँ– आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि छलफलका लागि शुक्रबार (आज) प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

बैठकमा बजेटमाथिको छलफल जारी रहने छ।

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको बजेटमाथि संसदमा निरन्तर छलफल चलिरहेको छ। प्रतिपक्षी दल एमालेले बजेट जनतामुखी नभएको भन्दै विरोध जनाउँदै आएको छ।

प्रकाशित: २६ जेठ २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =