स्थानीय तहले दिन थाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

हिमाल प्रेस २५ जेठ २०८० १६:१२
2
SHARE
स्थानीय तहले दिन थाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

बैतडी- बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहनेलाई श्रम स्वीकृति दिन सुरु गरेका छन्। यहाँका दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन्।

यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति स्थानीय तहबाट दिन सकिने भएपछि दुई स्थानीय तहले श्रम स्वीकृति दिन थालेका हुन्। सरकारले गत चैत १६ गते स्थानीय तहले श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो।

वैशाख १ गतेदेखि लागू हुने गरी गरिएको उक्त निर्णय पछिल्लो समय स्थानीय तहले कार्यान्वयनमा ल्याउन थालेका हुन्। सोहीअनुसार पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए।

पाटन नगरपालिकाबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति मलेसिया जान लागेका नवीन विक रहेका छन्। पाटन नगरपालिका वडा नम्बर ६ का उनी नगरपालिकामै श्रम स्वीकृति पाउँदा खुसी देखिए।

कुनै झन्झट बिना नै कम खर्चमा श्रम स्वीकृति पाएपछि खुसी लागेको उनको भनाइ थियो। यसअघि दशरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो। रासस

प्रकाशित: २५ जेठ २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =